सुनको मूल्य घट्यो, आजको मूल्य कति ?

0
196

काठमाडौं  । सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले घट्दै सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ तोकिएको छ।

सुनको मूल्य घटेसँग चाँदी पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १३७० रुपैयाँमा कारोाबर भइरहेको महासंघले जनाएको छ।