सुनको मूल्य तोलाको एकलाख २० हजार नजिक

0
74

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार तीन सयमा कारोबार भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।

यसैगरी आज तेजावी सुन प्रतितोला एक लाख १८ हजार सात सय पचास रुपैयाँ र चाँदी एक हजार पाँच सय २० रुपैयमामा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । मंगलबार सुनको मूल्य एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० कायम भएको थियो ।