सुनको मूल्य तोलामा आठ सयले बढ्यो

0
47

शुक्रबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँ रहेको छ । विहीबार सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँ रहेको थियो । आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १२ सय ६० रूपैयाँ रहेको छ ।