सुनको मूल्य तोलामा एक हजारले बढ्यो

0
45

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजारले बढेको छ । सोमबार तोलामा ६०० ले नै घटेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो ।