सुनको मूल्यमा वृद्धि

0
87

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एघार हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार छ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको एक लाख दश हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।