सुनको मूल्य तोलामा २ सयले घट्यो

0
78

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुन चादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन तोलाको एक लाख नौं हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।