सुनको मूल्य तोलामा ७ सयले बढ्यो

0
161

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ र चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।