सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

0
75

काठमाडौं । विहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एघार हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एघार हजार पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलाको एक लाख एघार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य हिजको भन्दा १५ रुपैयाँ घटेको छ ।