स्विजरल्यान्डमाथि सहज जितसँगै स्पेन क्वार्टरफाइनलमा

0
130
Spain warm up ahead of the Women's World Cup second round soccer match between Switzerland and Spain at Eden Park in Auckland, New Zealand, Saturday, Aug. 5, 2023. (AP Photo/Abbie Parr)

स्पेन महिला विश्वकप २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनले स्विजरल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । महिला विश्वकपमा स्पेन अन्तिम आठमा प्रवेश गरेको यो पहिलो पटक हो ।

लिग चरणको आफ्नो अन्तिम खेलमा जापानविरुद्धको खेल ४–० ले गुमाएयता स्पेनले यो शानदार प्रदर्शन गरेको हो । एडन पार्कमा भएको खेलमा स्पेनका लागि एटाना बोनमाटीले २ गोल गरिन् ।

यस्तै अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले १र१ गोल गरेका थिए । स्विजरल्यान्डका लागि लाइआ कोडिनाले १ गोल फर्काइन । स्पेनले अब सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स वा दक्षिण अफ्रिकाको सामना गर्नु पर्नेछ ।