आज हर्षोल्लासका साथ हरितालिका तीज मनाइदै

0
101

 

काठमाडौं । हरितालिक तीज पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ।

तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनको सहजताका लागि बिहान ३ः०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

भक्तजनको भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

बिहानीबाटै पशुपतिनाथमा भक्तजनको भीड लागेको छ । आज पशुपति क्षेत्रमा व्रतालुको भीड हुने भएकाले पशुपति विकास कोष तथा माडवारी सेवा संघले स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरेको छ।

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।