हिजाब लगाएर फुटबल खेल्ने पहिलो महिला बनिन् बेन्जिना

0
123

काठमााडैं । मोरक्कोकी डिफेन्डर नौहाइला बेन्जिनाले विश्वकपमा हिजाब लगाउने पहिलो खेलाडी बनेकी छन् । २५ वर्षीया खेलाडी बेन्जिनाले इस्लामिक हेडस्कार्फ लगाउँदै मैदानमा उत्रिएकी थिइन । मोरक्कोले दक्षिण कोरियालाई १/० ले हराएको छ ।

फिफाले सन् २०१४ मा धार्मिक कारणले टाउको छोप्ने अनुमति दिएको थियो । मोरक्को यस ग्रीष्मकालीन महिला विश्वकपमा डेब्यु गर्ने आठ टोलीमध्ये एक हो।

मोरक्कोमा आफ्नो क्लब फुटबल खेल्ने बेन्जिना सिनियर महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाब लगाउने पहिलो खेलाडी हुन्।