१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

0
159

सुर्खेतमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका १९ वर्षका महेन्द्र सार्की रहेका छन् ।

उनीसँगै पक्राउ परेका अन्य ३ जना भने १५ र १६ वर्षका छन् । उनीहरु सबै पञ्चपुरीकै रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले बताएउनु भयो ।

बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी बालिकालाई ४ जनाले फरक फरक स्थानमा लगेर बलात्कार गरेका थिए । प्रवक्ता शाहीका अनुसार पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँका हुन् । बलात्कारको घटना योजनाबद्ध रूपमा घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता शाहीको भनाइ छ ।

४ जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।