२ महिला स्वास्थ्यकर्मीमाथि स्वास्थ्य केन्द्रका प्रमुखबाटै यौन दुर्व्यवहार

0
191

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाका २ महिला स्वास्थ्यकर्मीलाई स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ पौडेलले यौन दुर्व्यवहार गरेका छन् । गत शुक्रवार राति शिवराज नगरपालिकाले संचालन गरेको आधारभुत स्वास्थ्य केन्द्रमा प्रमुख लेखनाथ पौडेल र उनका साथी भुवन पाण्डेयले ती दुई महिला स्वास्थ्यकर्मी माथी यौन दुर्व्यवहार गरेका थिए ।

रात्री डिउटीमा खटिएका ती महिला कर्मचारीलाइ पौडेल र पाण्डेयले मदिरा सेवन गरी शुक्रवार राति १ बजे महिला कर्मचारीलाई कपडा खोल, यहाँ सुतु लगायतका अपशब्द बोल्दै अभद्र ब्यवहार गरेको थिए। पौडेल र पाण्डेयले यौन दुर्व्यवहार गरेको भन्दै महिला कर्मचारीहरुले उजुरी दिएका छन्।

पौडेल र पाण्डेयले प्रमुख पौडेलबिरुद्ध महिला कर्मचारीहरुले शिवराज नगरपालिकामा लिखित उजुरी दिएको प्रमुख प्रशाकीय अधिकृत राकेश पाण्डेले बताए । महिला कर्मचारीहरुले दुर्व्यवहार , अपशब्द प्रयोग गरिएको, सुरक्षा र न्यायकालागि पौडेलबिरुद्ध उजुरी दिएका छन्।

आरोपित पौडेल र पाण्डेय सम्पर्क विहिन रहेका छन्। गत साउन १ गतेबाट पौडेललाई आधारभुत स्वास्थ्य केन्द्र प्रमुखको जिम्मेवारी दिइएको थियो। मेयर अजय थापाले सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गरको छन्।

उनले घटनासंग नाम जोडिएका स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारी बाट हटाई अनुसन्धान कार्यलाई अधि बढाइएको बताए। ‘ महिला माथी हुने कुनै पनि प्रकारका हिंसा साह्य छैन ’ उनले भने। घटना पछि पीडीत महिला कर्मचारीहरु मानसिक तनावमा छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले यस विषयमा आफुले बाहिरबाट कुरा सुने पनि अहिलेसम्म लिखित जानकारी नआएको बताए।