५० लाख दाइजो मोगपछि मण्डपबाटै बेहुला पक्राउ

0
267
तस्वीरः प्रहरी

काठमाण्डौ  । दुलही पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेपछि काठमाडौंमा एक बेहुला मण्डपबाटै पक्राउ परेका छन् ।  बेहुला पक्षले बेहुली पक्षसँग रू५० लाख रुपैयाँ दाइजो मागेको र धम्क्याएको आरोपमा सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार पक्राउ परेका प्रहरीले जनाएको छ ।

हिजो नक्सालको एक पार्टी प्यालेसमा विवाह समारोह भैरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएको पीडित परिवारले बताएका छन् ।

प्रहरी परिसर काठमाण्डौका एसपी सीताराम रिजालका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा बेहुला पक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको र थप ५० लाख रुपैयाँ मागेको खुलेको जानकारी दिनु भयो ।

दाइजो माग्ने बेहुलालाई विवाहसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रौनियारसँग अमेरिकाको ग्रिनकार्ड पनि छ ।