६ महिना सुत्केरी विदा दिने तयारीमा सरकार

0
60

काठमाडौं । महिलाहरूलाई ६ महिना सुत्केरी विदा दिने तयारीमा सरकार लागेको छ । हाल सरकारले तीन महिना लगभग ९८ दिन सुत्केरी विदा दिंदै आएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ अधिकार एन, २०७५ को दफा १३ को उपदफा १ संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाएको छ ।

स्वास्थ विभाग अन्र्तगर्तको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या कक्रश घट्दै गएको भन्दै थप तीन महिना विदा दिन स्वास्थ तथा जनसंख्या मन्त्रलयलाई शिफारिस गरेको थियो ।

स्वास्थ मन्त्रालयका अनुसार सुत्केरी बिदा बढाउने विषय अनौपचारिक कानुन मन्त्रालयसँगको छलफलपछि स्वास्थले ऐन संशोधनका लागि ड्रफ्ट पठाएको छ । अब कानुन मन्त्रालयले अन्तिम ड्राफ्ट तयार पार्नेछ ।

त्यो ड्राफ्ट मन्त्रिपरिषद्मा स्वीकृतिका लागि लगि संसदबाट पारित हुनेछ । यो कानुन बन्न साथ सम्पूर्ण कामकाजी नेपाली महिलाले सुत्केरी विदा ६ महिना पाउने छन् ।

अहिलेसम्म तीन महिना मात्र सुत्केरी विदा हुँदा महिलालाई आफ्नो तीन महिने शिशु सन्तान छोडेर कार्यालय जानु पर्ने बाध्यता थियो । अब सरकारले ६ महिना सुत्केरी विदा कार्यान्वयन गरेपछि महिलाले ठूलो राहत प्राप्त गर्नेछन् ।