७२ वर्षमा बमकुमारी दीक्षित हुँदाको खुसी

0
26

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा ७२ वर्षीया बमकुमारी बुढा मगरले सबैलाई चकित पार्दै कालो गाउन र टोपी लगाउँदा, धेरैले उहाँलाई हेरिरहे।

गरे के हुदैन भन्न भनाइलाई बमकुमारीले यथार्थमा परिणत गर्नु भएको छ । अहिले उहाँलाई बधाइ दिनेको ओइरो लागेको छ । यो क्षण निकै अवस्मरणीय लागेको उहाँले बताउनु भयो । बमकुमारी मगर समुदायकी संस्कृतिविद एवं अधिकारकर्मी हुनुहुन्छ । उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको हो ।

 

७२ वर्षको उमेरमा उहाँले दीक्षन्त समारोहमा जानुअघि प्रमाणपत्र (सर्टिफिकेट) लिन भने कष्ट भएको बताउनु भयो । ज्येष्ठ नागरिक भएर पाउनुपर्ने सुविधा त्यहाँ केही नभएको उहाँको गुनासो थियो । ‘राज्यको शैक्षिक प्रणालीले कतिसम्म नागरिकलाई दुःख दिन्छ भनेर दीक्षान्त समारोहमा सहभागी भएर पनि थाहा पाउन सकिने रहेछ।’

 

लाइनमा कतिले त आमा तपाईंसँग एउटा फोटो त खिच्नैपर्छ भन्दै मसँग फोटो खिच्न आए। एकदम रमाइलो र अवस्मरणीय क्षण रहेको उहाँको भनाइ छ । उहाँले पढाइ सुरू गरेको १४ वर्षमा स्नातकोत्तर सकेको बताउनु भयो ।
बमकुमारीले ती नारी हुनुहुन्छ जसले २०३० सालमा गृहजिल्ला रोल्पाबाट एसएलसी पास गर्ने पहिलो महिला हुनुहुन्छ ।