८० वर्षकी हजुरआमाले पास गर्नु भयो कक्षा १२

0
125

काठमाडौं । ८० वर्षकी हजुरआमाले कक्षा १२ पास गर्नु होला भनेर कसैले विश्वास गरेका थिएनन् । तर, रामेछापकी रत्नकुमारी सुनुवारले २.६४ जीपीएका साथमा कक्षा १२ पास गर्नु भएको छ । हिजो प्रकाशित परीक्षाफलमा उहाँ उत्तिर्ण हुनु भएको हो ।

रत्नकुमारीले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर क्याम्पसबाट १२ कक्षाको बोर्ड परीक्षा दिनु भएको थियो । उहाँले ग्रामीण विकास, समाजशास्त्र र जनसञ्चार विषय लिएर पढ्नु भएको थियो । उहाँ नियमित विद्यालय जाने गर्नु हुन्थ्यो ।

चार छोराछोरी र सात नातिनातिनाकी धनी रत्नकुमारीले वालखामा पढ्न नसकेपनि बुढेसकालमा पढेर पढ्ने इच्छा पूरा गर्नु भएको हो । ‘उमेरमा लेक–बेसी धाउँदा र मेलापात गर्दैमा व्यस्त भए अहिले आएर पढे नियमित पढ्दा पास हुने रहेछ,’ उहाँले भन्नु भयो ।

‘रत्नकुमारीले कोरोना आएका बेला एसईईको परीक्षा दिनु भएको थियो । त्यसपछि लगालग परीक्षा दिएर १२ कक्षा उत्तीर्ण हुनु भएको हो ।

‘पढ्नलाई उमेरले नछेक्ने उहाँको भनाइ छ । उहाँलाई पढ्नका लागि परिवारका सदस्यहरूले हौसला दिएका थिए । छोराछोरीहरूले पढाइ अपूरो छोडेपछि उनीहरूलाई प्रेरणा दिनका लागि पनि आफूले पढ्न थालेको उनको भनाइ छ ।