0
194

काठमाडौं । नायिका आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।

ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कार्वाही गर्न भन्दै उआँले निवेदन दिनुभएको हो । आँचलको निवेदनमा आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भनि लेखिएको छ । उहाँले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गर्नु भएको छ ।

‘आफूले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई बारम्बार सामाजिक सञ्जालमा लेखेर मैले अनेक गाली खाइ रहनु परेको छ । जसको उक्साहटमा यो सब गर्नु भएको छ तपाईहरुको समय सकियो । अब मैलै कानूनि कारबाहीको बाटोमा जान बाध्य भएकी छु,’ उहाँले फेसबुक स्टाटस लेख्नु भएको छ ।

आँचलका श्रीमान उदिपले चरित्र हत्या हुने गरि लगातार सामाजिक संजालबाट पोस्ट हुन थालेपछि आफूहरुले न्यायका लागि साइबर ब्यूरो पुगेको जानकारी दिनुभयो ।