आकर्षक र स्वास्थ कपालका लागि कस्तो कन्डिश्नर प्रयोग गर्ने (विधिसहित)
काठमाडौं । स्वास्थ, आकर्षक, मुलायम, चम्किलो कपालले सौन्दर्यमा निखार मात्र ल्याउँदैन यो आत्मविश्वासको प्रतीक पनि हो ।
कपाललाई समयसमयमा आवश्यक उपचार र हेरविचार गरिरहनु पर्छ । कपालको हेरविचार धेरै तरिकाले गर्न सकिन्छ । आज हामी आकर्षक कपाल कसरी बनाउने भन्ने बारेमा बताउन गइरहेका छौं ।
आकर्षक, मुलायम कपालका लागि हेयर कन्डिश्नरको प्रयोगका बारेमा कुरा गर्नेछौं । कपाल स्वस्थ बनाउन बजारमा पाइने विभिन्न प्रकारका हेयर कन्डिश्नरहरू प्रयोग गर्न सकिन्छ ।
कन्डिश्नर प्रयोग गर्दा कपालको गुणस्तरलाई ध्यान दिनुपर्छ । कपालअनुसार हेयर कन्डिश्नर छान्न नसके कपाललाई हेयर कन्डिश्नरले उल्टै प्रतिकूल असर गर्छ । यसले कपालको स्वास्थलाई नै बिगार्न सक्छ । तर, राम्रोसँग हेयर कन्डिश्नरको प्रयोग गर्नुभयो भने यसले राम्रो नतिजा दिन्छ ।
विशेषगरी महिलाले हेयर कन्डिश्नर प्रयोग गर्दा यसलाई लगाउने तरिकाका बारेमा पूर्ण जानकार हुनुपर्छ । हामीले हेयर कन्डिश्नर लगाउँदा यसको तथ्यलाई ध्यान नदिईकन विज्ञापन र प्याकेजिङलाई मात्र ध्यान दिएर लगाउने गरेको पाइन्छ ।
तर, कुनै पनि सामानको प्रयोग गर्नुअघि हामीले त्यसको बारेमा लेखिएको निर्देशनलाई सही तरिकाले पालना पनि गर्नुपर्छ । एक अध्ययनका अनुसार ७० प्रतिशत महिलालाई हामीले किन कन्डिश्नरको प्रयोग गर्छांै भन्ने कुरा थाहा नै छैन ।
हामी धेरैजसोले बारम्बार स्याम्पू र कन्डिश्नर परिवर्तन गरिरहन्छौं । यसरी बारम्बार स्याम्पूू र कन्डिश्नर परिवर्तन गरिरहँदा कपाल झर्ने निश्चित नै छ । धेरै त हामी कन्डिश्नरको प्रयोग गर्ने तरिका र यसको फाइदाका बारेमा सजग त छौं तर यो कत्तिको लाभदायक छ भन्नेतिर ध्यान दिएको पाउँदैनौं ।
पातलो र राम्रो कपालका लागि
पातलो र राम्रो कपालका लागि
कपाल पातलो हुने दुई कारण हुन सक्छन्, या त कपालले सही उपचार पाएको छैन वा वंशानुगत कारण । पातलो कपालका लागि हलुका किसिमको वोल्यूमाइजिंग फर्मूलामा आधारित बेष्ट कन्डिश्नर उपयुक्त हुन्छ ।
पातलो कपाललाई मोटो बनाउन मात्र नभएर चम्किलो पनि बनाउन आवश्यक छ । यसका लागि कन्डिश्नर छनोट बायोटिन, कैफिन, पैंथेनोल तथा अमोनिया एसिडजस्ता सामग्री यस्ता स्याम्पूमा प्रयोग भएको हुनु हँुदैन ।
कन्डिश्नरको प्रयोग गर्दा हामीले अगाडि क्राउन लगाउने भागमा कन्डिश्नर लगाउनु हुँदैन । साथै, कपालको जराबाट २ इन्च छोडेर कन्डिश्नर लगाउनुपर्छ । यसो गरेर वोल्यूमाइजिङ फर्मूलामा आधारित कन्डिश्नर बजारबाट खोजेर प्रयोग गर्नुभयो भने धेरै हदसम्म तपार्इंको कपाल मोटो तथा चम्किलो हुँदै जान्छ ।
सामान्य र मध्यम कपालका लागि
यस्तो कपाल मेन्टेन गर्नका लागि कपालमा भएको हाईड्रेशन लेवललाई सन्तुलित राख्नु पर्छ । तपाईको कपाल गुणस्तरको भएपनि यसलाई कायम राख्नका लागि पनि हाईड्रशनलाई बचाउनु पर्छ । यस्ता कपालका लागि भिटामिन सी र ई युक्त कंडिस्नर प्रयोग गर्न सकिन्छ ।
यसमा नीलगिरी र गहुँ प्रोटीन युक्त कंडिश्नर पनि यस्तो कपालका लागि उपयुक्त मानिन्छ । यस्ता कपालमा कंडिश्नर प्रयोग गर्दा कपालको जरासम्म कंडिश्नर प्रयोग नगरेर जराभन्दा माथिको भागमा लगाउनु पर्छ ।
कर्ली कपाल
कर्ली अथवा घुम्रिएको कपालका लागि मोइस्चराइज कंडिश्नर लगाउनु सबैभन्दा उपयुक्त हुने गर्छ । यस्तो कंडिश्नरले कर्ली कपाललाई चमकदार बनाउनुका साथै पोषण पनि दिने गर्छ । कर्ली कपालमा लगाउने कंडिश्नरमा प्रोटिन पनि हुन आवश्यक छ ।
साथै, यसमा बटर, जैतुनको तेल, र ग्लिसिरिन युक्त कंडिश्नर यस्ता कपालमा लाभदायक हुन्छन् । यसले कपालमा हाइड्रेशन र मुलायम बनाउन मद्धत गर्छ । यस्तो प्रकारको कपालमा जराभन्दा एक इन्च भाग छोडेर कंडिश्नरलाई समान रुपले लगाउनु पर्छ ।
मोटो कपाल
कपाल मोटो र कडा किसिमको छ भने सबैभन्दा पहिले यसलाई नरम बनाउनु पर्छ । जसका लागि कंडिश्नर छान्दा एवोकाडो तेल, दूध जस्ता सामग्री मिसिएको कंडिश्नर छान्नु पर्छ । यस्ता कंडिश्नरले कपाललाई मोटो र रेशमी बनाउन मद्धत गर्दछ ।
ओएली कपाल
ओएली कपाल हुनेले कंडिश्नरलाई कपालको जरामा कंडिस्नर लगाउनु पर्छ । कंडिस्नर लगाउँदा कपाललाई घुमाई घुमाइकन लगाउनुपर्छ । यसरी घुमाई–घुमाई कपालमा कन्डिश्नर लगाउँदा ओएली कपालमा सबैतिर कंडिश्नर पुग्छ ।
टिप्पणीहरू