सधैं युवा देखिरहन यसरी गर्नुहोस् मुहारको सफाइ
काठमाडौं । अनुहार कसरी सही तरिकाले सफा गर्ने भन्ने बारेमा सोचिरहनुभएको छ भने आज हामी तपाईंलाई बैज्ञानिक तरिकाले अनुहार धुन सिकाउँदै छौं । हुनत तपाईंलाई लाग्नसक्छ अनुहार धुनलाई के गाह्रो छ अलिकति पानी लिने अनुहारमा छ्याप्ने र पाखाल्ने त हो ।
यो साँचो पनि हो, किनकी हामीले यसरी नै अनुहार धुँदै आएका छौं । तर, अनुहार राम्रोसँग धुनका लगि अनुहारमा पानी छ्याप्नुले मात्र पुग्दैन । हामीले हाम्रो अनुहारमा बजारमा पाइने अनेकथरी ब्यूटीक्रिम तथा प्रोडक्टको प्रयोग गरेका हुन्छौं । कतिपय क्रिममा केमिकल भएकाले अनुहारमा लगाएपछि बेलुका त्यसलाई राम्ररी सफा गर्नुपर्छ ।
अनुहार राम्रोसँग सफा गर्न शिकागोका फिजिसियन लेजर एन्ड डर्मेटोलोजी इन्स्टिच्युटका निर्देशक जेरोम गार्डेन, एमडीले केही सुझाव दिएका छन् ।
मनतातो वा फ्रेस पानीले अनुहार धुने
डा. गार्डेन मनतातो पानीले अनुहार भिजाउने र गोलाकार गतिमा सफा गर्न सुझाउँछन् । यसरी सफा गर्दा पानी धेरै तातो हुनु हुँदैन, मनतातो मात्र हुनुपर्छ र औंलाका टुप्पाले मात्र सफा गर्नुपर्छ । यसरी सफा गर्दा टी जोन र यू जोन बनाएर अनुहार धुनुपर्छ । यसरी धोएपछि सफा र नरम तौलियाले सावधानीपूर्वक यसलाई सुक्खा बनाउनुहोस् ।
हामी नुहाउँदा वा मुख धुँदा गिजर वा सोलरको तातो पानीले डाइरेक्ट मुख धुन्छौं यो गलत छ । किनकी तातो पानीले हाम्रो अनुहारको नाजुक छालालाई खराब गर्छ । त्यसैले हामीले मुख धुन मनतातो पानी वा फ्रेस पानीमात्र लिनुपर्छ ।
छाला अनुसारको फेसवास छान्नुहोस्
हामीले अनुहार सफा गर्दा प्रयोग गर्ने फेसवास आफ्नो अनुहारको छालामा मिल्ने किसिमको हुनुपर्छ । किनकी हामी कतिको अनुहार ओएली हुन्छ भने कतिको ड्राई । यसले छाला अनुसारको फेसवास नै छान्नुपर्छ । फेसवासले अनुहार सफा गर्न मन छैन् भने तपाईंले महले पनि आफ्नो अनुहार धुन सक्नु हुनेछ ।
महले अनुहार सफा गर्दा आधा चम्चा जति महमा अलिकति पानी हारेर घोल्ने र महले अनुहारमा मसाज गर्ने । पर्याप्त समय छ भने मह लगाएपछि यसलाई १० मिनेट यसै छोड्ने र १० मिनेटपछि अनुहारमा चिप्लो चिप्लो अनुभव हुन्छ । यसपछि यसलाई फ्रेस पानीले सफा गर्ने ।
सफा गर्दा पानी फ्रेस वा मनतातो पानी मात्र प्रयोग गर्नुहोस् धेरै तातो पानी प्रयोग नगर्नुहोस् । महले तपाईंको अनुहारमा चमक ल्याउनुका साथै, दाग वा अन्य बिबिरा छ भने त्यसलाई पनि हटाउन मदत गर्छ ।
अनुहारलाई कुन समयमा धुने ?
अनुहार दिनमा दुई पटक अनिवार्य धुनुपर्छ, बिहान र राति । रातमा अनुहार धुन बिर्सनु हुँदैन । कतिसम्म भने तपाईंले दिनमा अनुहारमा केही लगाउनु भएको छैन भने पनि रातको समयमा अनुहार धुन नबिर्सनुहोस् । रातमा किन अनुहार अनिवार्य धुनुपर्छ भने दिनमा हाम्रो अनुहारमा आफै आउने प्राकृतिक तेल र पसिना छालामा जम्मा हुन्छ ।
चिकित्सकका अनुसार हामी बारम्बार बाहिरी वातावरणसँग दिनमा सम्पर्कमा रहन्छांै जसले गर्दा छालाको बाहिरी तहमा फोहोर जम्मा हुन्छ र बेलुका सफा पानीले त्यो फोहोर नहटाउँदासम्म छाला पोल्ने, चिलाउने र विभिन्न दाग आाउने हुन्छ । साथै, बेलुका हामीले नाइट क्रिमलगायत अन्य कुनै क्रिम लगाएर सुतेका छौं भने बिहान राम्रोसँग अनुहार धुनुपर्छ । सकेसम्म बिहान बेलुका प्रयोग गर्ने फेसवास फरकफरक प्रयोग गर्नुहोस् ।
दिनमा कतिपटक अनुहार धुनु ठीक ?
छाला चिकित्सकका अनुसार अनुहार दिनको दुईपटकभन्दा बढी धुनु हुँदैन । धेरैपटक अनुहार सफा गर्दा लगाउने फेसवासले हाम्रो अनुहारको छालामा समस्या ल्याउन सक्छ । हल्का पानीले अनुहार पखाल्नु बेग्लै कुरा हो तर विनाकारण पटकपटक अनुहार धुन आवश्यक छैन । अझ अनुहारको छाला धेरै नै संवेदनशील छ भने बिहान फेसवास प्रयोग नगरी शुद्ध पानीले अनुहार धुनुपर्छ ।
टिप्पणीहरू