के तपाईको पनि छाला सेन्सेटिभ छ भने यी उपाय अपनाउनुहोस्
के तपाईंले कहिल्यै एलर्जीको कारण आफ्नो छालामा कुनै परिवर्तन अनुभव गर्नुभएको छ ? जस्तै छालामा रातो धब्बा देखिने, चिलाउने वा खरानी जस्तो गरी फुस्रो भएर फुट्ने । यी सबै छाला संवेदनशीलताका संकेत हुन।
तर, धेरै व्यक्तिहरू हुनुहुन्छ जसलाई थाहा छैन कि उहाँहरूको छाला कस्तो छर ? संवेदनशील वा सामान्य। त्यसोभए पहिले हामी हाम्रो छाला संवेदनशीलताका संकेतहरू के हुन् भनेर जानौं।
संवेदनशील छालाको प्रारम्भिक लक्षण
- सुक्खा छाला वा जलन र थ्रेडिङ वा वाक्सिङपछि चिलाउने।
- अनुहार धोएपछि खिचिएको महसुस हुनु।
- छाला अचानक रातो हुनु र पिम्पल देखिनु।
- मौसम परिवर्तनको असर छालामा चाँडै देखिनु।
- कुनै बाह्य कारण बिना छालामा जलन वा चिलाउने।
- कतिपय नुहाउने र लुगा धुने साबुन यस्ता हुन्छन् जसको प्रयोगले छालामा जलन हुन्छ।
- छाला संवेदनशील हुनुका कारण
- फोहोर र प्रदूषण
- कडा पानी
- अपर्याप्त सरसफाई
- दूषित जीवनशैली
- हर्मोन
- तनाव
- हानिकारक छाला हेरचाह उत्पादनहरू
- लुगा र गहना
- घर सफाई
यस पछि तपाईले थाहा पाउनु पर्छ कि तपाईको छाला संवेदनशील छ कि छैन। यदि तपाईको छाला संवेदनशील छ भने तपाईले आफ्नो छालाको यसरी ख्याल राख्नुहोस् ।
- आफ्नो छाला जाँच गरेपछि मात्र कस्मेटिक्स प्रयोग गर्नुहोस्
- छालाहरू धुनुहोस्, फोहोर र रसायनबाट बच्नुहोस्
- चिसोमा सधैं नरम ऊनको स्वेटर लगाउनुहोस्। सिंथेटिक ऊनले छालाको एलर्जी हुन सक्छ
- सौन्दर्य सामान खरिद गर्दा, लेबल जाँच गर्नुहोस् र यसलाई संवेदनशील छालाको लागि मात्र किन्नुहोस्
- जडीबुटी र प्राकृतिक सौन्दर्य उत्पादनहरू प्रयोग गर्नुहोस्
- घाममा निस्कनुअघि अनुहारमा सनस्क्रिन क्रिम वा लोशन लगाउनुहोस्
- आफ्नो कपाल कोर्दा कडा(ब्रिस्टल ब्रश प्रयोग नगर्नुहोस्
- कडा अत्तर सँग साबुन वा डिटर्जेंट प्रयोग नगर्नुहोस्
- परफ्युम वा आफ्टर सेभ लोशन किन्दा आफ्नो छालामा स्प्रे गरेर परीक्षण गर्नुहोस्। यदि छाला संवेदनशील छ भने, चिलाउने हुन सक्छ।
टिप्पणीहरू