योगमायाको अपमान भयो : सांसद रोशन कार्की
काठमाडौं । सरकार र शिक्षा मन्त्रीले योगमाया विश्वविद्यालयका लागि १ लाख रूपैयाँमात्रै विनियोजन गरेर योगमायाको अपमान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले बताउनु भएको छ ।
आइतबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद कार्कीले योगमाया विश्वविद्यालयका लागि विनियोजन गरेको बजेट योगमायामाथि र सिंगो इतितहासको अपमान भएको बताउनु भएको हो ।
सांसदहरूलाई कम्तिमा १ करोड रूपैयाँको बजेट माग गरेकोमा एक लाख छुट्याउनु गलत भएको उहाँको धारणा छ ।
…कम भयो भने ७५ लाखसम्म हाल्नु भनेर सिलिङ तोकिएको थियो। शिक्षा मन्त्रालयमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्नका लागि रू १ लाख रूपैयाँ छुट्याएको छ,’ उहाँले भन्नुभयो, …यो त इतिहासको अपमान भयो। योगमायाको अपमान भयो।’
उहाँले शिक्षामन्त्रीलाई योगमायाको देन र त्यागबारे पढ्नका लागि पनि आग्रह समेत गर्नुभयो ।
टिप्पणीहरू