काभा यू २० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै
साउन । काभा यू २० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । जेनिशा विकको कप्तानीमा खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुदैँछ ।
प्रतियोगिताको लागि तयार रहेको कप्तान जेनिशाले बताउनु भएको छ । पहिलो खेल खेल्न उत्साहित रहेको बताउनु भएको छ । ‘हामी प्रतियोगिताको लागि तयार छौं । श्रीलंकासँगको पहिलो खेलमा राम्रो नतिजा सहित प्रतियोगिता सुरु गर्न चाहन्छौं’, उहाँले भन्नु भयो ।
नेपाली महिला उमेर समूहको टिमले पहिलो पटक काभाको उमेर समूहको प्रतियोगिता खेल्न लागेको हो । नेपाली टोलीमा रहेका १२ खेलाडीसँग नै घरेलु भलिबलमा सिनियर स्तरको प्रतियोगिता खेलेको अनुभव छ ।
नेपालले दोस्रो खेल शुक्रबार कीर्गिस्तान तथा तेस्रो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ । यस्तै मुख्य प्रशिक्षक कुमार राई पहिलो खेल महत्वपूर्ण हुने भएकोले त्यसमा केन्द्रित हुने बताउनु भएको छ ।
टिप्पणीहरू