सफलताका लागि महिलाले सम्झनैपर्ने कुरा
काठमाडौं । एउटी महिलालाई घरको चौघेराभन्दा बाहिर निस्केर खुलेआम काम गर्न त्यति सजिलो छैन । उसले व्यवसाय वा जागिर जुनसुकै काममा पुरुषभन्दा बढी दबाबमा काम गर्नुपर्छ ।
महिलालाई सामाज, घर, व्यक्तिगत तथा सन्तानको दायित्वसमेत थपिने गर्छ । विशेषगरी हाम्रो जस्तो मुलुक जहाँ पुरुषको दबदबा रहेका राजनीति, कानून, कर्पोरेटजस्ता क्षेत्रमा महिलाले आफू क्षमतावान् भए पनि पाइला–पाइलामा सधैँ प्रमाणित गरिरहनुपर्छ ।
यहाँ महिलाको क्षमता र सफलतालाई पनि पुरुष प्रधान संस्कृतिकै आधारमा मापन गरिन्छ । महिलालाई समाजको अपेक्षा र कार्यस्थलकोे दिशानिर्देशअनुरूप चल्नुपर्ने दबाब पनि उत्तिकै रहन्छ । यसो भनिरहँदा महिला पुरुषकाबीचमा काम गर्न सक्दैनन् भन्ने होइन ।
कठिन पक्कै छ तर गर्नै नसक्ने भने होइनन् । महिलाले लैङ्गिक विभेद र समाजले लगाएका सीमारेखालाई पार गर्दै आफूले रोजेको क्षेत्रमा अघि बढ्न क्षमता प्रयोग गर्नैपर्छ ।
आज हामीले यहाँ १० वटा टिप्स दिएका छौं, जसलाई प्रयोग गरेर तपाईंले आफ्नो व्यक्तिगत तथा व्यावसायिक सफलतालाई शिखरमा पुर्याउन सक्नु हुनेछ ।
आत्मविश्वासी बन्नुहोस्
तपाईं कत्तिको आत्मविश्वासी हुनुहुन्छ र आत्मविश्वासका साथ अरू सामुन्ने आफ्नो कुरा कसरी राख्नुहुन्छ भन्ने कुराले धेरै महत्त्व राख्छ । तपाईंले आत्मविश्वासका साथ राखेको कुराले वरिपरिका मानिसलाई प्रभाव पार्छ, जसका कारण उनीहरूले तपाईंलाई सम्मान गर्नेछन् ।
विभिन्न व्यवसाय तथा काममा धेरै महिला पुरुषसरह स्वीकार्य हुँदैनन् । मलाई अस्वीकार गर्लान् भन्ने कुराबाट विचलित नहुनुहोस् ।आफूलाई अब्बल सावित गर्न सकारात्मक सोचलाई हावी हुन दिनुहोस् ।
तपाईंले सबैको मन जित्न नसक्नु होला, यो ठीक छ । तर, आफ्नो कुरा अरूको विचारमा दब्न नदिनुहोस् । मानिसले तपाईंलाई त्यतिखेर मात्र दबाउँन सक्छन् जब तपाईंले दबाउने मौका दिनुहुन्छ । त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुहोस् । सफलता पक्का छ ।
‘तपाईं आफूले विश्वास गरेभन्दा बहादुर, तपाईंले देखिनेभन्दा बलियो, तपाईंले सोचेभन्दा स्मार्ट हुनुहुन्छ’ क्रिस्टाफर रोबिन । समाजले अनुमति दिएभन्दा महिला धेरै कुरामा सक्षम छन् ।
आफैमा विश्वास गर्नुहोस् । सत्य र साहसी बन्नुहोस् । जति नै असम्भवजस्तो लागे पनि तपाईं तपाईं बन्नुहोस् । हाम्रो समाजको संरचनाका कारण कतिपय ठाउँमा योग्य हुँदाहुँदै पनि हामी नयाँ जागिरका लागि आवेदन दिन नै पछि हट्छौं ।
साथै, पदोन्नति, बढुवा तथा अन्य क्षेत्रमा जानुपर्दा हामी योग्य छैनौँ जस्तो लाग्छ । तपाईं यस्तो नसोच्नुहोस् । तपाईं आफै कुनै पनि काम फत्ते गर्न सक्षम हुनुहुन्छ । त्यसैले आफै वा अरू कसैलाई अन्यथा भन्न र सोच्ने मौका नदिनुहोस् । ‘आफूले विश्वास गरेभन्दा बहादुर, आफूले देखिनेभन्दा बलियो, आफूले सोचेभन्दा स्मार्ट हुनुहुन्छ’ भन्ने भनाइलाई आत्मसात् गर्नुहोस् ।
आफूलाई ती व्यक्तिको बीचमा राख्नुहोस् जसले तपाईंलाई माथि उठाउँछन्
सफलताका लागि यो अत्यन्त महत्त्वपूर्ण छ । किनकी अन्य व्यक्तिका क्रियाकलापहरूले आफूलाई हेर्ने तरिकामा फरक पार्न सक्छ । आफूलाई तल पार्ने, होच्याउने र खुट्टा तान्ने व्यक्तिबाट सधैँ टाढा रहनुहोस् । तपाईंलाई तपाईं बन्न सहयोग गर्ने साथीका बीचमा रहनुहोस् ।
ती व्यक्तिलाई छान्नुहोस् जसले तपाईं भित्रको प्रकाशलाई चम्काउन मदत गरोस् । कार्यस्थलमा अनजानमा तपईंलाई निम्नस्तरको महसुस गराइन्छ भने त्यसको प्रतिक्रिया गर्नुहोस् । कार्यस्थलमा विशेषगरी महिलाले महिलालाई समर्थन र सहयोग गर्नुहोस् । यसले तपाईं आफैलाई बलियो गर्ने छ । शक्ति सधैँ एकतामा हुनेछ ।
पहिला आफूलाई महत्व दिनुहोस्, र, आफूलाई माया गर्नुहोस्
तपाईंले आफूलाई कत्तिको महत्त्व दिनुहुन्छ आफूले आफूलाई महत्त्व दिनु भएको छैन् भने अरूले तपाईंलाई महत्त्व दिँदैनन् । आफैले आफूलाई विश्वास गर्नु भएको छैन भने अर्काले पनि तपाईंलाई झनै विश्वास गर्दैन । आफ्नो मूल्यलाई बुझ्ने कोशिश गर्नुहोस् । विशेषगरी उच्च भूमिकामा रहेका महिलाले आफूलाई आदर गर्नुभएको छ भने अर्काले आदर गर्ने नै छन ।
आफ्नो शरीर र दिमागको ख्याल राख्न नबिर्सनुहोस् व्यक्तिगत तथा व्यावसायिक सफलताका लागि प्रयास गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो शरीरको हेरचाहमा ध्यान नपुर्याउनुभएको हुनसक्छ ।
तर, तपाईंले आफ्नो हेरचाहविना पूर्ण सफलता प्राप्त गर्न सक्नुहुन्न । तपाईंले व्यक्तिगत र व्यावसायिक सफलताका लागि आप्mनो शरीर र दिमागको राम्रो हेरविचार गर्नुुपर्छ ।
व्यवस्थित बानीको सृजना गर्नुहोस् । यसले तपाईंको व्यावसायिक जीवनलाई उचाइमा पुर्याउँछ । कहिलेकाहीँ आफूलाई रिफ्रेस गर्न र रिचार्ज गर्न छुट्टी लिनुहोस् । व्यायाम गरेर अफ्नो मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्नुहोस् ।
सही र सन्तुलित आहार लिनुहोस् । आफूलाई मन पर्ने कुरा गर्न समय छुट्ट्याउनुहोस् । आराम गर्नाले तपाईंले महसुस गरेभन्दा धेरै काम गर्ने छ । मानसिक र शारीरिक रूपमा गरिने हेरचाहले कठिन कामलाई पनि राम्रोसँग सम्पन्न गर्न सकिन्छ ।
धैर्य गर्नुहोस्
तपाईंको करियरको बाटो जस्तोसुकै भए पनि, त्यहाँ कुनै सीधा उडान छैन् ।तपाईंको कामको मूल्यांकनका लागि तपाईंले सोचेभन्दा धेरै लामो समय पनि लिन सक्छ ।
जीवनमा सबैभन्दा राम्रो काम गन समय लाग्छ र त्यसको प्रतीक्षा पनि गर्नुपर्छ । याद गर्नुहोस् तपाईं जहाँ जान चाहनुहुन्छ त्यहाँ पुग्न समय त लाग्छ तर यसमा तपाईंले धेरै कुरा सिक्न सक्नुहुनेछ ।
जति समय लाग्यो त्यति तपाईंले नयाँ–नयाँ कामको अनुभव प्राप्त गर्न सक्नुहुन्छ । यसले तपाईंलाई नयाँ मार्गमा लैजान सक्छ । धैर्य गर्नुहोस् । कृतज्ञ हुनुहोस् र आफूले प्राप्त गर्न चाहेको कुरालाई कहिल्यै नत्याग्नुहोस् ।
सकारात्मक सोच्नुहोस्
यो सरल लाग्न सक्छ तर सकारात्मक सोच्नु भन्न जति सजिलो छ गर्न त्यतिनै कठिन छ । विशेषगरी कठिन समयमा तपाईंलाई परिस्थितिको नतिजाले असर गर्न सक्छ । कठिन समयमा सकारात्मक सोच जति राम्रो कुरा अरू केही हुन सक्दैन् ।
तपाईंसँग शक्ति छ भने कठिन परिस्थितिको पनि सजिलै सामाना गर्न सक्नुहुन्छ । बाह्य शक्तिलाई नियन्त्रण गर्न सक्षम नहुन सक्नु होला तर प्रभावित पार्ने तत्त्वलाई नियन्त्रण गर्न भने सक्षम हुनुहुनेछ ।
आफूलाई अपरिहार्य बनाउनुहोस्
उभिनुहोस् र सोच्नुहोस् तपाईंले सोचेका आइडिया अरू कसैले सोचेका छैनन् । ती शीप पनि सिक्नुहोस् जुन तपार्इंको पेशालाई चाहिँदैन । तर, त्यो शीप अन्य क्षेत्रका लागि उपयोगी हुनसक्छ ।
फरक हुनुहोस् र भरपर्दो पनि, जहाँ अन्य मानिसलाई तपाईंको आवश्यकता पर्छ । भरपर्दोको अर्थ यो होइन कि तपाईंले अरूबाट फाइदा लिनुहोस् ।
आफ्नो विचारहरूको वकालत गर्न पर्याप्त साहसी हुनुहोस् र आफ्नो आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुहोस् । तपाईं त्यहाँ केही गर्न हुनुहुन्छ । तपाईंका सपना तपाईंको डरभन्दा ठूला हुन्, तपार्इंको कार्य तपाईंको शब्दभन्दा ठूला हुन्, भावनाभन्दा तपाईंको विश्वास बलियो होस’ –अज्ञात
आफ्नो आकांक्षा र लक्ष्यलाई मार्ने गरी नडराउनुहोस्, चाहे यो बाटो जति कठिन भए पनि । प्रत्येक एकल व्यक्ति जो उच्च श्रेणीमा छन् उनीलाई पनि डर त लाग्छ नै । तर, उनीहरूलाई लक्ष्यमा पुग्न कसैले रोक्न सक्दैन ।
बरु तपाईं किन डराइरहनु भएको छ बुझ्ने कोसिस गर्नुहोस् । यसले तपाईंलाई डरको समाना गर्न सक्षम बनाउँछ । डरको सामना गर्नुभयो भने आत्मविश्वास प्राप्त गर्नुहुनेछ । आफ्नो क्षमता, मनसाय, मूल्य आफैलाई सम्झाउनुहोस् । आफ्नो सपना पूरा गर्न प्रयास जारी राख्नुहोस् ।
असफल हुँदा निराश नहुनुहोस् ; आफूलाई अघि बढाउन थप प्रयास गर्नुहोस्
असफलताबाट नडराउनुहोस् ।आफूलाई तल ल्याउने गल्ती नगर्नुहोस् । आफूले अझ परिष्कृत गर्दै अझ बढी सफल हुनका लागि उनीहरूबाट सिकेका कुरालाई प्रयोग गर्नुहोस् ।
माथि दिएका यी सुझाव सरल छन् । किनकी समयका साथ हामीले धेरै कुरा सिकेका हुन्छौं । आफैंमा सत्य छु र मेरो मार्गमा म अडिग छु भनेर व्यक्तिगत तथा व्यावसायिक जीवनमा लागू गर्नुहोस् ।
टिप्पणीहरू