काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ । आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको घोषणा गरिएको बताउनु भएको छ ।

उहाँले प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनु भयो ।
सरकारले महिलाको आवश्यकता, चुनौती र अवसरबारे छलफल गर्न आगामी आर्थिक वर्षमा युवा महिला राष्ट्रिय सम्मेलन गर्ने योजना तय गर्ने समेत बताउनु भएको छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार