अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ
काठमाडौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताउनु भएको छ । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या भएन भन्दै प्रति प्रश्न समेत गर्नु भएको छ ।
अर्थविद् प्रा.डा शिवराज अधिकारीले अब बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बाह्य क्षेत्र ठिक ठाक छ भनेका छौ तर खैत अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।’
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको जानकारी दिनुभयो । यद्यपि २ वर्ष अघि भन्दा अहिले केही सुधार भएको पाटोलाई भन्ने भुल्न नहुने उहाँको भनाइ छ । आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशिल हुन नसकेको श्रेष्ठको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तीय नीति ७६१ वटा र मौद्रिक नीति एउटा मात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन गरेको छ अब वित्तीय नीतिले पनि बुझेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । ’ डा. श्रेष्ठले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको पनि बताउनु भयो ।
यता नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष सुनिल केसीले नेपाली बैंकहरुले ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताउनु भयो । तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको भनाइ छ । उनले भने, ‘बैंकहरुले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनु पर्यो ।
तैपनि बैकिङ क्षेत्रले गरेको वित्तिय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैंकहरुमा नकारात्मक संकेत देखिरहेको छ त। नेपालका बैंकहरु सहज अवस्थामा छन् । ’ कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले अर्थतन्त्र सुधारको आवश्यकता औल्याउनु भएको थियो ।
टिप्पणीहरू