बनाउने तरिका
एउटा भाँडोमा क्लासिक चाइनिज नुडल्स वा नेपाली जुनसुकै नुडल्सलाई उमाल्नुहोस् । नुडल्स उम्लेर पाक्दै गर्दा यता पखालेको गाजरलाई लामो आकारमा मसिनो गरेर काट्नुहोस् । साथै काक्रोलाई पनि लामो आकारमा नै मसिनो गरेर काट्नुहोस् । अलिकति हरियो प्याजको पत्तालाई पनि मसिनो गरी काट्नुहोस् । यस्तै क्याप्सिकनलाई पनि त्यही आकारमा काट्नुहोस् ।
एउटा भाँडोमा थोरै चिज र सोया सस राख्नुहोस् । त्यसमा एक चम्चा खाने तेल हाल्नुहोस् । त्यसमा एउटा कागती पनि निचोर्नुहोस् । सबैलाई एकपटक मिक्स गर्नुहोस् ।

यता नुडल्स उमालिसक्नु भएका कारण उमालेको नुडल्सलाई निकालेर चिसो पानीमा पखाल्नुहोस् । पखालेको नुडल्स र भखैरै ठिक्क पारेको राखेको सलादलाई मज्जाले मोल्नुहोस् ।

र यसमा थोरै नपिसेको सेतो तिल र हरियो धनियाँको पत्ता काटेर राख्नुहोस् । नून स्वाद अनुसार हाल्नुहोस् । यो सबैलाई एकपटक पुनः मोल्नुहोस् । अब यो खानका लागि तयार भएको छ । थोरै सामानमा घरमा बनाएको यो नुडल्स सलाद अत्यन्त स्वादिष्ट हुनेछ । एक पटक बनाएर त खानुहोस् सधैँ बनाउनु हुनेछ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार