काठमडौं । कहिल्यै मधुमेह नभएका तर गर्भावस्थामा यसको सिकार हुने महिलालाई गर्भावस्थाको मधुमेह भनिन्छ । यो समस्या आमाबाट गर्भमा रहेको बच्चा दुवैको लागि समस्याको कारण बन्न सक्छ । तर, समयमै यो रोग पत्ता लागेमा यसको उपचार सम्भव छ ।


गर्भावस्थाको मधुमेह सुरु तेती खेर हुन्छ जब तपाईंको शरीरले गर्भावस्थाको लागि आवश्यक सबै इन्सुलिन बनाउन र प्रयोग गर्न सक्षम हुँदैन र रगतलाई ऊर्जामा परिणत गर्न पर्याप्त इन्सुलिन  छोड्न असमर्थ हुन्छ । जसले गर्दा रगतमा ग्लुकोजको उच्च मात्रा हुन्छ यसलाई हाइपरग्लाइसेमिया भनिन्छ।


गर्भावस्थामा हुने मधुमेहका लक्षणहरू के हुन् र यसले तपाईंको बच्चालाई कसरी असर गर्छ भन्ने कुरा बुझ्नु अघि, हामीलाई यसको कारण हुने सम्भावित कारकहरू पनि थाहा पाउनुपर्छ ।

तौलले गर्भावस्थामा मधुमेह हुने जोखिम बढाउँछ । साथै,  तपाईको परिवारमा तपाईको आमाबुवा वा दाजुभाइलाई यस प्रकारको मधुमेह छ भने, यस्तो पारिवारिक इतिहास भएकालाई पनि गर्भावस्थामा मधुमेह हुन सक्छ । 
तपाईंको उमेरले तपाईंको गर्भावस्थाको अवधिलाई पनि असर गर्छ । तपाईं जति बढी उमेरमा गर्भधारण गर्नुहुन्छ, त्यति नै तपाईंमा जोखिम बढ्छ ।

गर्भावस्थामा हुने  मधुमेहका कारण भ्रूण सामान्य भन्दा ठूलो हुन सक्छ र यसले प्रसवमा कठिनाई हुन सक्छ । बच्चा जन्मेको तुरुन्तै हाइपोग्लाइसेमियाको जोखिममा पनि हुन्छ ।

गर्भवतीमा मधुमेहका कारण आउने  समस्या

गर्भावस्थामा हुने  मधुमेहका कारण पीडित महिलालाई अपरेशन गरेर सुत्केरी गराउनु पर्ने सम्भावना बढी हुन्छ ।
गर्भावस्थामा हुने मधुमेहका कारण आमालाई उच्च रक्तचाप र पिसाबमा प्रोटिन जस्ता समस्या हुन सक्छ ।
गर्भावस्थाको मधुमेहबाट पीडित महिलाहरूलाई गर्भावस्था पछि पनि यसको  जोखिम बढ्छ ।

उपचार

गर्भावस्थाको समयमा तपाईंको रगतमा चिनीको मात्रामा नजिकबाट नजर राख्नु महत्त्वपूर्ण हुन्छ । यदि तपाइँ घर बाहिर हुनुहुन्छ भने, तपाइँले  ग्लुकोमिटर, कम्प्याक्ट ग्लुकोमीटर प्रयोग आफैसँग राख्नु पर्ने हुन्छ  ।

 

आफ्नो खानपानमा ध्यान दिनुहोस् र आहारविज्ञको सहयोगमा आहार पालना गर्नुहोस्।


 

 



टिप्पणीहरू

सम्बन्धित समाचार