स्वस्थ शरीर र दिमागको लागि दैनिक हिड्नु महत्त्वपूर्ण छ। चिकित्सकहरूले पनि हरेक दिन केही समय पैदल हिड्न सल्लाह दिन्छन्। तर विज्ञहरुका अनुसार हरेक व्यक्तिले आफ्नो उमेर अनुसार हिँड्नुपर्छ । आफ्नो उमेर अनुसार कति समय हिँड्नुपर्छ थाहा पाउनुहोस्।

६ देखि १७ वर्ष
विज्ञहरूका अनुसार ६ देखि १७ वर्षको उमेरमा जति धेरै हिँड्नुहुन्छ, त्यति नै फाइदा हुन्छ । यो उमेरका केटाहरूले दिनमा कम्तिमा १५ हजार पाइला हिंड्नुपर्छ भने केटीहरूले १२ हजार पाइला हिंड्नुपर्छ ।

१८ देखि ४० वर्ष
यस उमेरका पुरुष र महिलाले दैनिक कम्तिमा १२ हजार पाइला हिड्नु पर्ने हुन्छ।

४० वर्ष
४० वर्षको उमेरपछि स्वास्थ्य समस्या हुन सक्छ। यो उमेरमा हरेक दिन ११ हजार पाइला हिँड्नुपर्छ ।

५० वर्ष
चिकित्सकका अनुसार ५० वर्ष पुगेपछि एक दिनमा कम्तीमा १० हजार पाइला चाल्नुपर्छ ।

६० वर्ष
६० वर्षको उमेरपछि स्वस्थ रहन दैनिक कम्तीमा ८ हजार हिँड्नुपर्छ । हिड्दा केही ऊर्जा लिएर हिड्नु जरुरी छ। ध्यान राख्नुहोस्, थकित हुँदा धेरै हिँड्नु हुँदैन।

 



टिप्पणीहरू

सम्बन्धित समाचार