काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपालले पेनाल्टीमा  भारतलाई  हराउँदै ऐतिहिसिक जित हासिल गरको छ । 


त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले भारतलाई हराएको हो ।  खेलमा केहि तनावपूर्णस्थििति पनि रहेको थियो । निर्धारित समयमा रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल एक खेलाडी कममा खेलेको थियो । 


अन्तत सावित्रा भण्डारी साम्बाको अग्रेसन र गोल अनी पेनाल्टी सुटआउटमा अन्जनको बचाउने नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ४.२ ले हराएर लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा स्थान बनायो ।


नेपालले साफमा भारतलाई लगातार दोस्रो पटक हराएको हो भने समग्रमा छैटौं पटक साफको फाइनलमा पुगेको हो । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।
 

 



टिप्पणीहरू

सम्बन्धित समाचार