सामाजिक अभियान्ता सुनिता दनुवारको निधन
काठमाडौं । शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको आज निधन भएको छ। सुतेकै ठाउँमा सोमबार बिहान अचेत अवस्थामा उहाँलाई भेटेपछि गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेको हुन् । ४७ वर्षीया दनुवार काठमाडौंको जोरपाटी स्थित आफ्नै घरमा बस्दै आउनु भएको थियो ।
सुनिताले अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो।अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा दनुवारलाई सम्मान गरेको थियो। दनुवारको श्रीमान, एक छोरा र छोरी छन्।
टिप्पणीहरू