अनुको हत्या उनकै प्रेमीले गरेको खुलसा
जनकपुरधाम । गत असोजमा मृत फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनकै प्रेमीले गरेको खुलेको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका-५ स्थित टुटेश्वर जंगलमा उनको सव भेटिएको थियो ।
हत्या आरोपमा उनका प्रेमीलाई गत सोमबार पर्साको वीरगञ्ज महानगरपालिका ४ आदर्शनगरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिनु भएको छ ।
महोत्तरी गाउँपालिका–४ की अनुको शव जंगलमा असोज २३ गते भेटिए पनि सनाखत पाँच दिनपछि उहाँका बुबाले सनाखत गर्नु भएको थियो ।
टिप्पणीहरू