इतिहास रच्दै अध्यक्ष पदमा शर्मा निर्वाचित
काठमाडौं । नेपाल पत्रकार महासंघको करिब सात दशकको इतिहासलाई पल्टाउँदै २७औं अधिवेशनमा अध्यक्ष पदमा महिला निर्मला शर्मा निर्वाचित हुनु भएको छ । शर्मा विगत तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।
२०५२ सालमा पोखराको आदर्श समाज दैनिकबाट पत्रकारिता सुरु गर्नु भएकी शर्माले पत्रकारिता क्षेत्रको हरेक पक्षमा सक्रिय हुँदै श्रमजीवी पत्रकारका लागि मात्र नभई, प्रेस स्वतन्त्रताको रक्षाका लागि लड्दै आनु भएकी एक सशक्त महिला पनि हुनुहुन्छ ।
सञ्चारिका समूहको अध्यक्षदेखि दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ ९साफ्मा० नेपालको महासचिवसम्म, उहाँको अनुभव उहाँसँग छ ।
शर्मा हाल कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम समकोण चलाउँदै आउनु भएको छ भने उहाँले ६५ भन्दा बढी जिल्लामा स्थलगत अध्ययन गर्दै पत्रकारितालाई समाज परिवर्तनको माध्यम बनाउन भूमिका खेल्नुभएको छ ।
शर्मा छापा, रेडियो, एफएम, टेलिभिजनदेखि अनलाइन पत्रकारितासम्मका सबै माध्यममा उहाँको अनुभव छ।
महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ ।
टिप्पणीहरू