नेपाल नर्सिङ संघमा प्राध्यापक चन्द्रकला शर्मा समूहको प्यानलै विजयी
काठमाडौं। नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ ।
अध्यक्ष पदमा शर्माले २ हजार १५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गंगा थापाले १ हजार ३७० मत मात्रै प्राप्त गर्नु भएको छ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी हुनु भएको छ । सुब्बाले २ हजार ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी कल्पना श्ररेष्ठ जोशीले १ हजार ५९७ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मनिसा कोइरालाले भने १ हजार ५७० मत प्राप्त गर्नु भएको छ ।
यस्तै संघको महासचिवमा डा.देवका कुमारी आचार्य हुनु भएको छ । सचिवमा भने वेली पौडेलले जीत हासिल गर्नु भएको छ ।
यसैगरी संघको कोषाध्यक्षमा तुलसादेवी अधिकरी बिजयी हुनु भएको छ ।
टिप्पणीहरू