घुम्टो ओढेर स्टेज चढेकी राजा कुमारीले ठमेल तताइन्
काठमाडों । भारतीय र्यापर राजा कुमारीको काठमाडौंको ठमेस्थित फरेनहाइट क्लबमा शुक्रबार राती दमदार र्याप गीत प्रस्तुत गरिन् । काठमडौंको चिसो मध्य रातमा उनले आफ्नो र्याप गीत सुन्न आएका फ्यानलाई मज्जाले तताएकी थिइन् । उनी घुम्टो ओढेर हेलो काठमाडौं सन्चै हुनुहुन्छ भन्दै सटेजमा उक्लिएकी थिइन् ।
उनको गीत सुन्नका लागि श्रोताको भीड नै लागेको थियो । उनका गीतमा फ्यानहरुले हुटिङ गरेर साथ दिएका थिए । क्लब परेनहाइटका सीईओ मिलन श्रेष्ठले राजा कुमारीलाई लामो समयदेखि नेपाल ल्याउने प्रयास सफल भएको बताएका छन् । श्रेष्ठका अनुसार राजा राजकुमारीको कन्सर्ट हेर्न युवायुवती रातको २ बजेसम्म क्लबमा बसेका थिए
टिप्पणीहरू