दर्शकको भिडमा “महापुरुष”
काठमाडौं । मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म “महापुरुष”लाई दर्शकले अत्यधिक रुचाएका छन् । “महापुरुष” रिलिज भएको चौथो हप्तामा पनि सिनेमाहल हाउसफूल नै भइरहेको छ ।
१० करोडको ब्यापार गर्ने अनुमान गरिएको यस फिल्मले अहिलेसम्म ५ करोड क्रस गरिसकेको छ । निर्मता दिपेश खत्री, कार्यकारी निर्मता रबिन्द्र सिंह बानियाँ रहेको यस सिनेमामा कवि नबराज पराजुलीले पनि गितकारका रुपमा डेब्यू गरेका छन् ।
अहिले बक्स अफिसमा “महापुरुष”को चर्चा चुलिएसँगै यसको व्यापार अनुमानभन्दा माथि जाने आकलन गर्न थालेका छन् ।
टिप्पणीहरू