बलिउड अभिनेता विवेक परिवारसहित नेपाल भ्रमणमा
काठमाडौं । भारतीय अभिनेता विवेक ओबरोय बुधबार नेपाल भ्रमणमा आएका छन् । उनी परिवारसँग बुधबार साझ ६ बजे नेपाल आइपुगेका हुन् ।
दशदिने नेपाल भ्रमणमा आएका उनले, पशुपति, सगरमाथा बेसक्याम्प, पोखरा र लुम्बिनीकोे पनि भ्रमण गर्नेछन् । बुधबार साझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई नेपाली टोपी नेपाली लगाएर स्वागत गर्नुका साथै नेपाली झण्डा प्रदान गरिएको थियो ।
पहिलो पटक नेपाल आएका विवेकले केहीं समय नेपाली सञ्चारकर्मीसँग पनि संक्षिप्त कुराकानी गरेका थिए । उनी २४ डिसेम्बरमा भारत फर्किने बताइएको छ । नितान्त उनको व्यक्तिगत भ्रमण रहेको बताइएको छ ।
टिप्पणीहरू