काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । निमोनियाबाट पीडित श्रेष्ठ उपचारको क्रममा उनको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।
 श्रेष्ठ २ महिनायता उपचाररत हुनुहुन्थ्यो ।

भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जित्नु भएको थियो। उहाँका दुई छोरीहरु हुनुहुन्छ ।
 

 



टिप्पणीहरू

सम्बन्धित समाचार