सुनमायाको पोल्टामा फेरी किर्तिमानी उपाधि
काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी उपाधि जित्नु भएको छ ।
शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेसमा सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरेर सो उपाधि जित्नु भएको हो ।
जित पछि सुनमायाले आफूले रेस एकदमै इन्जोए गरेको बताउनु भएको छ । ‘धेरै राम्रो भयो । ट्रेल अमेजिङ थियो । मैले रेस एकदम इन्जोए गरें । धेरै समर्थकहरु चियर गरिरहेका थिए । म एकदमै खुशी छु ।’
यस्तै दोस्रो हुनु भएकी इस्टर सिलाङले ६ घण्टा ५:३७ मिनेटमा निर्धारित दूरी पार गर्नु भएको । रुक्षफाङ चोउ तेस्रो भइन् ।
पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिने र उपाधि पनि हासिल गर्दै आउनु भएको छ ।
टिप्पणीहरू