काठमाडौं – नेपाल काभा वुमन्स नेसन्स लिग २०२४ उपाधि लिनबाट नेपाल यसपाली चुकेको छ । नेपाल काभा वुमन्स नेसन्स लिग २०२४ फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुन पुग्यो ।


योसँगै घरेलु मैदानमा भारतलाई स्तब्ध पार्दै उपाधि जित्ने सपना बुनेका नेपाली खेलाडीको सपना अधुरै बन्न पुग्यो । बुधबार भएको फाइनलमा नेपाल भारतसँग २५–२३, १४–२५, २५–२२, २१–२५ र ५–१५ ले पराजित हुन पुग्यो । चौथो सेटमा नेपालले एक खेलमा जित निकाल्न नसक्दा हार वेहोर्नु प¥यो । 


यसअघि सन् २०१९ मा नेपालमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको थियो । त्यतिबेला पनि निर्णायक पाचौं सेटमा ६–१५ ले गुमाउँदै नेपाल स्वर्ण जित्नबाट चुकेको थियो । प्रतियोगितामा सहभागी भारत, इरान, श्रीलंका, माल्दिभ्स गरी सबै टिमलाई पराजित गरेको नेपालले उपाधि भने जित्न सकेन ।


नेपालले गत शनिबार मात्रै प्रतियोगिताको लिग चरणमा भारतलाई इतिहासमै पहिलो पटक ३–२ को सेटमा हराएको थियो । त्यही सोचका साथ खेल सुरु हुनुभन्दा ४१ मिनेट अघि नेपाल कोर्ट प्रवेश गरेको थियो ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार