ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई नियुक्त
काठमाडौँ। ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त हुनु भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिले उहाँलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ क बमोजिम योग्यता तथा अनुभव प्राप्त उहाँलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको बैंकले जानकारी दिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न हुनुहुन्छ । उहाँले अर्थशास्त्रमा एम।ए।, एम।पी।ए। गर्नु भएको हो। अहिले उहाँ ब्रुकलाइन कलेजमा अर्थशास्त्र विषयमा प्राध्यापन पेसामा कार्यरत हुनुहुन्छ।
ज्ञवालीले यसअघि बज्र कलेज, काठमाडौँमा प्राध्यापन गर्दै आउनु भएको छ। साथै उहाँसँग विद्युत नियमन आयोग, खानेपानी महसुल निर्धारण आयोगको सदस्यको रुपमा र सेशन सहकारी संस्थाको अध्यक्षको कार्यअनुभव रहेको छ।
टिप्पणीहरू