काठमाडौं ।  काभा वुमन्स नेसन्स लिगको बुधबार भएको फाइनल खेलमा उपविजेता बेनको नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।


नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन र आरती सुवेदी गरी १४ जना खेलाडी रहनु भएको छ।


त्यस्तै महानगरले प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ । काभा वुमन्स नेसन्स लिगको बुधबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

उक्त खेल हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा पुगेका पुग्नु भएको थियो ।  

‘खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको ऊर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो ऊर्जा पायौं’, नगरपालिकाकी उपाध्यक्ष सुनिता डगाेंलले भन्नु भन्नुभयो। मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको बताउनु भयो  ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार