मन्त्रिपरिषद् विस्तार, महिलाको उपस्थिति कति ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । १७ सदस्यीय मन्त्रिमण्डलमा चार जना महिलामा तीन मन्त्री र एक राज्यमन्त्री बन्नु भएको छ । राज्यमन्त्री बाहेक मन्त्रिपरिषद्मा महिलाको उपस्थिति १८ प्रतिशत रहेको छ ।
राज्यमन्त्रीसहित २३ प्रतिशत हुन आउँछ । नवनियुक्त मन्त्रीहरूलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनु भएको छ । महिला मन्त्रीहरूमा सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा, नागरिक उन्मिुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ भुमि व्यवस्था मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री हुनु भएको छ ।
यस्तै, संस्कृति तथा पर्यटन मन्त्रालयमा राज्यमन्त्रीमा सुशीला सिर्पाली ठकुरी बन्नु भएको छ । यस्तै,नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बन्नु भएको छ । यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बन्नु भएको छ ।
जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री,लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री हुनुभएको छ ।
माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राख्नु भएको छ । नेपाली कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ मन्त्री अझै पठाएको छैन।
टिप्पणीहरू