‘पशुपतिको जलहरीमा तेह्र जनाको नाम कुँद्नु निन्दनीय’ : माननीय प्रतिमा गौतम
काठमाडौं । माननीय प्रतिमा गौतमले पशुपतिमा लगाइने सुनको जलहरीमा तेह्र जना व्यक्तिको नाम कुँदिनु निन्दनीय भएको बताउनु भएको छ ।
उहाँले मंगलबार प्रतिनिधि सभामा बोल्दै पशुपतिको जलहरीको स्वर्ण पेटिकाको गर्भमा पार्वतीको शरीरका अंगको नाम हुनुपर्ने ठाउँमा अन्य तेह्र जनाको नाम कुँदिनु निन्दनीय मात्र नभई भत्र्सना योग्य भएको उहाँको भनाइ छ ।
उहाँले पशुपतिमा जलहरी चढाउँदा शिवलिंगको मौलिक दर्शन हुनेथ्यो कि भन्दै व्यङ्ग्य समेत गर्नु भएको छ ।
आराध्यदेव पशुपति नाथलाई विवादमा ल्याएर हिन्दुहरूको भावनामा चोट पु¥याउने काम भएको छ भन्दै उहाँले धर्मका नाममा गरिएको नौटङ्की बन्द गरिनु पर्ने बताउँनु भयो ।
साथै, उहाँले पशुपतिमा चढाएको सबै सुन राज्य कोषमा दाखिला गर्नु पर्ने बताउँनु भयो । यसैगरी, पशुपती नाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा रखिनु पर्ने उहाँको माग थियो ।
टिप्पणीहरू