काठमाडौं । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस हुनु भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेता यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।


सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएपनि अन्त्यमा  चित्रलेखालाई नै सरकारले सिफारिस गरिएको हो  ।

यस अघि चित्रलेखा कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख र उहाँ शिक्षा मन्त्री समेत बन्नु भएको थियो । संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने छ ।


 

 



टिप्पणीहरू

सम्बन्धित समाचार