महिला सांसदको नियमापत्तीपछि विनोद चौधरीले प्रयोग गरेको उखान रेकर्डबाट हट्यो
काठमाडौं । विहीबार प्रतिनिधि सभामा बोल्ने क्रममा माननीय सांसद विनोद चौधरीले ‘जब राती तब बुढी ताती’ भन्ने उखान बोलेसँगै महिला सांसदले नियामपत्ती गर्नु भएको छ ।
सांसद विनोद चौधरीले खेतीपाती लगाउने समयमा मलको आवश्यक्ता परे पनि सरकारले किसानको माग बमोजिमको मल उपलब्ध गराउन नसकेको भन्दै सो उखान प्रयोग गर्नु भएको थियो ।
नेकपा एमालेकी सांसद दीपा शर्माले प्रतिनिधि सभाको निवावली २१ को (घ) मा भएको नियम अनुसार सम्मानित सदनमा कसैलाई अपमानजनक शब्दावली प्रयोग गर्न नपाइने कुरा उल्लेख भएकाले सो शब्द रेकर्डबाट हटाउन माग गर्नु भएको हो ।
सांसद शर्माले नेपाली उखानटुक्कामा जहिल्यै पनि महिलालाई आक्रमण र प्रहार गरिनु पर्ने भन्दै नियामापत्ती गर्नु भएको हो । उहाँले भन्नुभयो ‘नेपालमा कहिलेदेखि समनतामुलक समाजको निर्माण गर्ने ?’
साथै उहाँले आजका दिनदेखि यस्ता उखान टुक्काको प्रयोग नगर्न सम्पूर्ण सांसदको ध्यानाकर्षण समेत गर्नु भयो । माननीय शर्माको नियामापत्तीमा अन्य महिला सांसदले पनि समर्थन जनाउनु भएको थियो । माननीय दीपा शर्माको नियामापत्तीपछि सभामुखले उक्त उखानलाई रेकर्डबाट हटाएको जानकारी दिनु भएको थियो ।
टिप्पणीहरू