काठमाडौं । माननीय ईश्वरी घर्तीले नेपाल सरकारका वन तथा वातावरण मन्त्रालयका सायक संरक्षक अधिकृत श्री राम एकवाल दासलाई तुरुन्त निलम्बन गर्न माग गर्नु भएको छ । अधिकृत दासले लोकसेवा तयारी सम्बन्धिको पुस्तकमा महिलाको अस्मितामाथि गम्भीर चोट पु¥याउँदै एक सामग्री राखेका छन् ।

त्यस पुस्तकमा भएको प्रश्न उत्तरलाई माननीय घर्तीले जस्ताको त्यस्तै सदनमा राख्दै भन्नु भयो ‘म त्यसलाई जस्ताको त्यस्तै राख्न चाहन्छु । राम एकवाल दाशले लोकसेवा तयारी पुस्तक सफलताको साथीको सेट नं २४ को पेज नं १४३ मा प्रश्न नं १८ मा भएको केटीलाई किन भालु भनिएको होला ?

अप्सन ए ‘पोथी भालु जस्तै व्यवहार भएर’ अप्ससन बी ‘पोथी भालुले एकपल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर ।’ सी ‘पोथी भालु वहुपतिगामी भएर’ अप्सन डि मा ‘माथीका सबै’ ।

माननीय घर्तीले अगाडि प्रश्न गर्नु भयो नेपाल सरकारको वाहलवाला कर्मचारी भएर वनमन्त्रालयको उच्चपदस्थ व्यक्तित्वले महिलालाई अपमानित गर्नेमात्र होइन महाअपमान हुने शब्द राखिनु हुन्छ कि हुँदैन ?

यस शब्दले नेपाल र विदेशमा बस्नुहुने नेपाली आम महिला माथि गम्भीर आघात पु¥याएको घर्तीको ठहर छ । यो पुस्तकका लेखकलाई तुरुन्त निलम्बन गरेर कानूनी कारबाही अगाडि बढाउन उहाँले माग गर्नु भएको छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार