काठमाडौं । नेकपा एमालेकी सासंद विद्या भट्टराईले बर्षा याममा जाने पहिरोको जोखिमलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गर्नु भएको छ । पोखरा महानगरपालिका वडा नं ११ को फूलबारी गाउँ धरहरा सडक मेलबोटमा भर्खरै गएको ठूलो पहिराले स्थानीय गाउँ, स्वास्थ्य चौकी साथै साविकको गाविस भवन नजिकै मुख्य सडक भासिएर अवरुद्ध भएका कारण तत्काल यसको सामधान हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

पहिरोका कारण स्वास्थ्य चौकी भवन, खानेपानी, खानेपानी ट्याङ्की, रेष्टुरेन्ट घरहरू समेत उच्च जोखिममा रहेको उहाँको भनाइ छ । पहिरोका कारण मौजाबासी र पोखराका बासिन्दाको सम्पर्क विक्षेद भएको भन्दै यसको समाधानमा ढिला नगर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

‘पोखरा महानगर पलिकाका यी सडकहरु पहिला पनि अवरुद्ध हुन्थे र आज फेरी वर्षा याममा अवरुद्ध हुने क्रम दोहोरिएको छ । यसको न्यूनीकरणका लागि तत्काल भौगोलिक अवलोकन गरी थप क्षति हुनबाट जोगाइयोस्’, उहाँले भन्नु भयो ।

साथै, सोही स्थानको धारापानी सामुदायिक बन, पोखराको बाय खोला सामुदायिक बनहुँदै बहने पानीको बाहवले बाय खोला बस्ती पहिरोको उच्च जोमिमा परेकाले तत्काल यसको अध्ययन गरी पहिरो रोकथामका लागि वृहत् योजना बनाउन समेत सरकारको ध्यानाकर्ष गर्नु भएको छ ।

Like Reaction0

Like Reaction

 



टिप्पणीहरू

सम्बन्धित समाचार