काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषदमा दुई जना महिला पहिलो पटक मन्त्री बन्नु भएको छ । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो मन्त्रिपरिषदमा काग्रेस र माओबादीबाट एकएकजना महिला मन्त्री बनाउनु भएको हो ।

काग्रेसकी सरस्वती अर्याल र माओबादी केन्द्रबाट सुशिला शिम्खडा मन्त्री बन्नु भएको छ । स्याङ्जाकी सरस्वती विना विभागीय मन्त्री नियुक्त गरिएको छ । राज्यका सबै अंगमा संविधानमा नै कम्तिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भएपनि प्रदेश सरकारमा महिलाको उपस्थिति अत्यन्त न्यून छ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार