काठमाडौं । सांसद सुमना श्रेष्ठले प्रतिनिधि सभाले सांसदहरूले लगाउने पोशाक तय गरेकोप्रति आफ्नो टिप्पणी राख्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सांसद श्रेष्ठले भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्न यस्तो नियम ल्याइएको बताउनु भएको छ । सभाको यस कार्यलाई सफल हुन नदिइने पनि उहाँको भनाइ छ ।

‘भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्ने यो प्रयासलाई हामी सफल हुन दिने छैनौं। समय निकै भएकैले होला टि(सर्ट र जिन्समा अड्किनु भएको,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो ‘यहाँहरुको प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरूको बैठक तय गर्ने ?’

‘हरेक सामाजिक परिवर्तनको सुरूवात सत्तामा रहेका शासकहरूले परिवर्तनको मशाल बोक्नेहरूलाई दबाएरै सुरु हुन्छ। त्यसपछि व्यक्तिगत आक्रमणहरू,

नानाथरी नाम बोलाउने र धेरै देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गर्ने काम हुन्छ ।’ ‘चाकडीबाजमा टाढिएर पहिरनमा नभएर कर्तब्य र जिम्वेवारमा अडिक छौं । राष्ट्रिय स्वतन्त्र पार्टी जवाफ माग्न छोड्ने छैन् ।’

 



टिप्पणीहरू

सम्बन्धित समाचार